नेपालमाथि जिम्बाबे ‘ए’ ६ विकेटले विजयी

जिम्बाबे ‘ए’ ले नेपाललाई ६ विकेटले पराजित गरेको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको जिम्बाबे ‘ए’ ले १८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

जिम्बाबेको जितमा टाडीवानाशे मारुमानीले ५६, कप्तान टोनी मुनयोंगाले ५० रन बनाएका थिए । त्यस्तै इन्नोसेन्ट काइयाले ४७ रन बनाएका थिए भने क्लिभ मडान्डेले ८ रन बनाएका थिए ।

त्यस्तै, नेपाली बलर बासिर अहमदले २ विकेट लिएका थिए भने करण केसी, सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

यस अघि त्रिबिस्थित क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ४६ रन बनाए भने रोहित पौडेलले ३६ रन बनाएका थिए ।

त्यस्तै, आसिफ सेख ९ रन बनाएर आउट भए भने आरिफ सेख २ रन बनाएर आउट भएका थिए । त्यसैगरी दिपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन बनाएर रनआउट भएका थिए थिए भने आदील आलमले उत्कृष्ट ब्याटिंग गर्दै २७ बलमा ४७ रन बनाएका थिए । त्यस्तै करण केसीले अविजित ४ रन बनाए ।

त्यस्तै, जिम्बाबे ‘ए’ का बलर ब्राड इभान्स, लुक जोंग्वी, जोन मासारा र ब्राण्डन माभुटाले एक एक विकेट लिएका थिए ।

यो जितसँगै टी-२० सिरिजको पहिलो खेल जितेर १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल सोमबार हुने छ ।