अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी अमेरिकी कंग्रेसको एक प्रतिनिधिमण्डलसहित युक्रेन पुगेकी छन् ।
युक्रेनको राजधानी कीभ पुगेर पेलोसीले राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति जेलेन्स्कीले सभामुख पेलोसीसहितको प्रतिनिधिमण्डल कीभ आएको जानकारी दिँदै उनीहरुले युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्दै युक्रेनलाई समर्थन गरेको बताएका छन् । जेलेन्स्कीले सभामुख पेलोसीसहितको टोलीलाई धन्यवाद पनि दिएका छन् ।
रुसले आफ्नो आक्रमण युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रीत गरेपछि विश्वका ठुला नेताहरु कीभ पुग्ने क्रम जारी रहेको छ । यस अघि अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पनि कीभ पुगेर राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।