काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाहले “लौरो” चुनाव चिह्न पाएका छन् ।
आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाहलाई निर्वाचन अधिकृतको कार्यालयले “लौरो” चुनाव चिह्न दिएको हो ।
चुनाव चिन्ह पाएपछि शाहले फेसबुकमा स्टाटस लेख्दै “चुनाब चिन्ह ‘लौरो’, बा आमालाई टेकाउन मिल्ने, भ्रस्टाचारीलाई सेकाउन मिल्ने” भनेका छन् ।
शनिबार देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको छ ।