राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ ।
रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् ।
हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भएको हो । राजधानी किभमा उनी बस्ने भवनमा रुसी क्षेप्यास्त्र प्रहारबाट ग्यारिचको मृत्यु भएको हो ।
युक्रेन संकटबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच वार्ता भइरहेका बेला किभमा रुसी हमला भएको थियो ।