निर्वाचन आयोगलले भक्तपुर जिल्लासहित ६ वटा महानगरपालिका बाहेक अन्य ७६ जिल्लाका लागि मतपत्र छपाई सम्पन्न गरिसकेको छ ।
४३ वटा जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ७६ लाख ७३ हजार मतपत्र सबन्धित जिल्लामा ढुवानी गरिएको छ ।
काठमाडौंबाट लामो दूरीमा रहेका जिल्लालाई प्राथमिकता दिएर उक्त मतपत्रहरु बिभिन्न जिल्लामा पठाउँदा मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत पुर्याईएको छ । ४३ जिल्लाका लागि गत १३ वैशाखदेखि नै मतपत्र छपाई सम्पन्न गरी विभिन्न जिल्लामा पठाईएको निर्वाचन आयोगलले जानकारी दिएको छ।
हालसम्म १ करोड ८० लाख ४५ हजार मतपत्र छपाईको काम सम्पन्न गरेको आयोगले जनाएको छ ।