गैर आवासिय नेपाली संघ (एनआरएनए) अप्ठ्यारो अवस्थावाट पार पाउने क्रममा रहेको एनआरएनए आइसिसिका महासचिव गैरिराज जोशीले बताउनुभएको छ ।
एक जुट भएर जाँदामात्र एनआरएनए अभियान प्रभावकारी हुन सक्छ भनेरै सहमतिमा नेतृत्व चयन भएको उहाले बताउनुभएको छ । नयाँ परिस्थितिमा बनेको आईसीसी नेतृत्व संयमित भएर एनआरएनए अभियानलाई अझ प्रभावकारी बनाएर लैजान लागिपरेको र यसमा देखिएका आलोचना स्वभाविक भएको उहाको भनाई छ ।
नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार विदेशमा वस्ने नेपालीसंग सहयोगका लागि विभिन्न पहल गरिरहेको अवस्था छ । विदेशमा वस्ने नेपालीको सहयोगलाई सहि परिचालन गर्ने चुनौती एनआरएनसँग रहेको र यसबाहेक नेपाली नागरिकताको निरन्तरता, वैदेशिक रोजगारमा जानेलाई सम्मान र सहुलियत, नेपालमा लगानी लैजाँदाका अप्ठ्याराहरु हटाउनु पर्ने जस्ता मुद्दाहरुलाई प्राथमिकता दिएर उठाउनु पर्ने अवस्था रहेको उहाले आफ्नो फेसबुकमा स्टाटस लेख्दै बताउनुभएको छ ।
एनआरएनए एनसीसी एनआरएनएका आधार स्तम्भ भएको बताउदै उहाले एनसीसी सम्वद्ध देशको नियम कानुन अनुसार स्थापना भएपनि आईसीसीको विधान अनुसार संचालन हुनुपर्छ भन्ने सबैले स्विकारेको सहमति रहेको धाणा राख्नुभयो ।उहाले लेखनुभएको छ , “अहिले अमेरिकाको विवादपनि आईसीसीको विधान भित्र रहेर सहमति र सहकार्यमै सल्टाउनुपर्छ भन्ने मेरो मान्यता हो । यसका लागि सबैलाई लचिलो भई सहमतीमा अगाडी वढ्न म अपिल गर्दछु ।”
अमेरिका लगायत विश्वभरका सबै एनसीसीलाई अहिलेको अप्ठ्यारो अवस्थालाई बुझेर समस्या होइन, समाधान वन्न पनि उहाले आग्रह गर्नुभएको छ ।