संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस युक्रेन पुगेका छन् । महासचिव गुटेर्रेसले ट्वीट गरेर आफु युक्रेन पुगेको उल्लेख गरेका छन् ।
उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिने बताइएको छ । राष्ट्रसंघीय महासचिव गुटेर्रेसले युक्रेनमा रहँदा त्यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी आवश्यक मानवीय क्षतिको अनुगमन गर्ने र ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताएका छन् । उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताएका छन् ।
महासचिव गुटेर्रेस हालैमात्र रुसको भ्रमणमा गएका थिए । त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताएका थिए ।