इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् ।
३७ वर्षीय चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गरेका हुन् ।
सोमबार राति इटालियन सिरी ‘ए’ मा सासुओलोलाई २–१ अन्तरले पराजित गरेसँगै युभेन्ट्सका डिफेन्डर चेलिनीले अन्तर्राष्ट्रिय खेलबाट टाढा रहने निर्णय लिएका हुन् ।
“म राष्ट्रिय टोलीलाई वेम्वली रंगशालाबाट बिदाइ गर्न चाहन्छु, जहाँ मैले युरोकप जितेर करियरको अनुभव बाढेको छु ।” चेलिनीले भनेका छन् ।
जर्जियो चेलिनीले सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।