अहमद बिन अली स्टेडियम जसलाई अल राययान स्टेडियम पनि भनिन्छ, कतारमा २०२२ विश्वकपका खेल हुने स्टेडियमहरु मध्य एक हो।
यो रङ्गशाला अल रायन एससीको घर, पुरानो अहमद बिन अली स्टेडियमको स्थानमा निर्माण गरिएको हो। रङ्गशालालाई विस्तार गर्ने र मर्मत गर्ने योजना मात्र भएपनि अन्तमा पूरै रङ्गशाला नै नँया बनाइयो।
पुरानो स्टेडियमको अन्तिम खेल सन् २०१४ मा खेलिएको थियो। त्यसपछि त्यसलाई ध्वस्त गरियो र नयाँ स्टेडियमको तयारी सुरु भयो। अन्तिम डिजाइनहरू सन् २०१५ मा प्रस्तुत गरिएको थियो र सन् २०१६ को अन्तमा निर्माण कार्य सुरु भएको थियो। अहमद बिन अली स्टेडियम १८ डिसेम्बर २०२० मा अल-साद र अल-अरबीबीच भएको आमिर कप फाइनलसँग आधिकारिक रूपमा खोलिएको थियो।
विश्व कपका लागि यस रङ्गशालामा लगभग ४०,००० सिट क्षमता हुनेछ। विश्वकपपछि क्षमता घटाएर २१ हजार बनाइनेछ ।
कतारी संस्कृतिका विभिन्न प्रतीकहरूलाई यसको मुख्य विशेषता मानिएको छ । यो स्टेडियमको डिजाइन नजिकैको मरुभूमिको बालुवाको डुँडबाट प्रेरित छ ।
विश्वकपको दौडान रङ्गशालामा पहिलो राउन्ड समूहको पाँचवटा म्याच र १६ म्याचको एक राउन्ड आयोजना गर्ने तयारी गरिएको छ।
अहमद बिन अली स्टेडियम दोहा महानगर क्षेत्रको पूर्वी किनारामा अल रायनको उपनगरमा अवस्थित छ।