इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले वेस्टह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा खेलको ९०औं मिनेटमा क्रिस्टियन पुलासिकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलको ८६औँ मिनेटमा क्रेग डावसनले रातो कार्ड पाएपछि वेस्टह्याम १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि चेल्सीको ३२ खेलमा ६५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै, वेस्टह्याम भने ३४ खेलमा ५३ अंकका साथ लिगमा सातौ स्थानमा रहेको छ ।