कति पदमा हुँदैछ स्थानीय तह निर्वाचन ?

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारको मनोनयन आइतबारदेखि शुरु भएको छ भने सोमबार साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने छ ।

यस निर्वाचनमा देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ ।

जसमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिकाको नेतृत्वको लागि निर्वाचन हुन लागेको हो । त्यस्तै, ७५३ स्थानीय तहका ६ हजार ७४३ वडा अध्यक्ष निर्वाचन हुने छन् भने त्यतिनै संख्यामा वडा महिला सदस्य निर्वाचित हुने छन् ।

६ हजार ७४३ नै वडा दलित महिला सदस्य निर्वाचित हुने छन् भने १३ हजार ४८६ अन्य वडा सदस्य निर्वाचित हुने छन् ।