युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन् ।
रुसी सेनाले पूर्वी बन्दरगाह सहर मारिअपोललाई कब्जा गरेको दाबी गरिरहेका बेला युक्रेनले रुसको प्रतिकार गर्न अमेरिकासँग शक्तिशाली हतियार माग गरिरहेका बेला ब्लिनकेन र अस्टिनसँग राष्ट्रपति जेलेन्स्कीले भेट गरेका हुन् ।
रुसी सेनाले निरन्तर गोलाबारी गर्दा केही युक्रेनी सेना र सर्वसाधारण नागरिकहरू सो सहरमा फसेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
युद्धका कारण मारिओपोलमा केही सातादेखि विद्युत, खाद्यन्न, पानीको पनि अभाव छ ।




