स्पेनिस ला लिगा: घरेलु मैदानमा रायो भल्लेकानोसँग बार्सिलोनाको हार

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रायो भल्लेकानोसँग पराजित भएको छ । गएराती घरेलु मैदान क्याम्प नेउमा सम्पन्न खेलमा रायो भल्लेकानोले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रायो भल्लेकानोको जितमा खेलको सातौं मिनेटमा अल्भारो ग्रासिया रिभेराले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

बार्सिलोनाको यो हारपछि अब शिर्ष स्थानको रियल म्याड्रिडले प्राविधिक रुपमा ला लिगा जितेको छ । ३३ खेलमा ७८ अंक रहेको रियल म्याड्रिड दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा १५ स्पष्ट अंकले अगाडी रहेको छ । लिगमा अब ५ खेल खेल्न बाँकी हुदा रियल म्याड्रिडले आउदो खेलबाट कम्तिमा एक अंक हासिल गरेमा ला लिगाको उपाधि जित्ने छ ।

बार्सिलोनाको घरेलु मैदानमा यो लगातार तेस्रो हार हो ।

यो जितपछि रायो भल्लेकानो ३३ खेलमा ४० अंक बनाएर लिगमा ११औ स्थानमा रहेको छ ।