विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्समा नेपालले पहिलोपटक खाता खोलेको छ । अविनाशविक्रम शाह निर्देशित १४ मिनेट लामो फिल्म ‘लोरी’ सर्ट फिल्म प्रतिस्पर्धामा छानिएको हो ।
९ मुलुकका ९ छोटा फिल्म यो विधाको प्रतिस्पर्धामा छानिएको कान्सको आधिकारिक वेबसाइटमा उल्लेख छ । १४० देशका ३५ सयभन्दा बढी फिल्मबाट ‘लोरी’ले स्थान बनाएको हो । नेपालसहित चीन, अमेरिका, फ्रान्स, दक्षिण कोरिया, कोस्टारिका, लिथुआनियाका फिल्म पनि छनोट भएका छन् । ‘लोरी’लाई नेपाल र हङकङले मिलेर निर्माण गरेका हुन् ।
कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा हुँदैछ ।