सांघाइमा कोभिडका कारण एकै दिन ३९ जनाको मृत्यु

चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन २२ हजार नयाँ संक्रमित भेटिएकामा ३९ जनाको मृत्यु भएको छ । यो सँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।

साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ । देशको बृद्ध र खोप नलागाएको ठूलो जनसंख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कोभिडबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेको सरकारले दाबी गरेको छ ।

सरकारले कोभिडबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्घ रोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

यसैबीच, राजधानी बेइजिङमा २२ नयाँ संक्रमित भेटिएका छन् ।