एनआरएनएको पहिलो पदाधिकारी बैठक सम्पन्न, स्मार्ट एनआरएन कमिटि संयोजकको जिम्मेवारी केशब पौडेललाई

गैरआवासीय नेपाली संघ एनआरएनएको पहिलो पदाधिकारी बैठक अध्यक्ष कुल आचार्यको अध्यक्षतामा शनिवार सम्पन्न भयो।

बैठकमा अध्यक्षद्धय रविना थापा डा. बद्री केसी, सहित १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरुको उपस्थिती थियो । बैठकले युके, अमेरिका, जापान र युएई समन्य राष्ट्रिय समन्वय समितिमा रहेको समस्या समाधान ३० अप्रीलभित्र गर्नको लागि क्षेत्रीय संयोजकहरुलाई आग्रह गरेको थियो ।

बैठकले पन्जिकृत सदस्यहरुको शुल्क तिर्न बाँकि राष्ट्रिय समन्वय समिति अमेरिका, जापान, युएई, यूके र यस्तै उम्मेदवारी शुल्क बुझाउन बाँकि पदाधिकारीहरुलाई समेत आगामी आइसीसी बैठक अगावै शुल्क बुझाउन आग्रह गरेको छ । तोकिएको समयभित्र शुल्क नतिरेमा विधानअनुरुप टुंगो लगाउने बैठकले निर्णय गरेकोे छ ।

‘बैठकमा अन्तर्र्राष्ट्रिय समन्यन परिषद २०२१ – २०२३’ संचालन सम्बन्धी कार्यविधि निर्देशिका बारेमा छलफल भएको थियो । सो कार्यविधिमा छलफलमा आएका सुझाव सहित आगामी आइसीसी बैठकमा पेश गरि पारित गर्ने निर्णय भएको छ ।
यस्तै, बैठकले स्मार्ट एन आर एन कमिटिको संयोजकको जिम्मेवारी महासचिव केशब पौडेललाई दिने निर्णय गरेको छ।

संघको आगामी ११ औं महाधिवेशन तथा विश्व सम्मेलन ११ अक्टोवर २०२३ मा गर्ने निर्णय भएको छ ।

बिधुतिय माध्यमबाट करिब ६ घण्टा चलेको बैठकमा ८० जना पधाधिकारीहरुले आ-आफ्नो भनाईहरु राखेका थिए ।