बालेनको घोषणापत्रमा डिजिटल सरकारको योजना

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावी घोषणा पत्र सार्वजनीक गरेका छन् ।

उनले घोषणा पत्रमा डिजिटल सरकारदेखि होमडेलीभरी सरकारसम्मका योजना अघि सारेका छन् । उनले वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।

उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने पनि बताएका छन् ।

हेर्नुस् बालेन शाहको चुनावी घोषणा पत्र:-