कङ्गोमा इबोला भाइरसको संक्रमण पुष्टि

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको संक्रमण पुष्टि भएको छ ।

कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट ३१ वर्षिय पुरुषको ज्यान गएको छ ।

इबोला संक्रमण भएका बिरामीको सम्पर्कमा आएका जो कोहीलाई पनि पहिचान गरी निगरानीमा राखिने स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अहिलेसम्म त्यहाँ एउटा मात्रै केस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

२०१८-२०१९ मा इबोलाको प्रकोपले देशको पूर्वमा लगभग २३०० मानिसहरूको मृत्यु भएको थियो ।