युक्रेन भ्रमणअघि रुसको भ्रमण गर्न खोजको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको आलोचना गरेका छन् ।
मंगलबार मस्को भ्रमणका क्रममा गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नेछन् ।
मस्को भ्रमणलगत्तै उनी युक्रेनको राजधानी किभ पुग्ने कार्यतालिका छ । युक्रेन भ्रमणका क्रममा महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् । युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघमाथि चर्को दबाब छ । रुस र युक्रेन दुबै राष्ट्रसंघका संस्थापक सदस्यहरू हुन् ।
रुसले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । युक्रेनमाथिको रुसी हमलामा २१३ बालबालिकाको मृत्यु भएको छ । हमलामा ३८९ जना घाइते भएका युक्रेनको महान्यायधिवक्ताको कार्यलयले जनाएको छ ।