फ्रान्समा आइतबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र प्रतिद्वन्द्वी मारिन ले पेनबीच अब दोस्रो चरणमा हुने राष्ट्रपतिको चुनावमा अप्रिल २४ मा प्रतिष्पर्धा हुने भएको हो ।
आइतबारको पहिलो चरणको मतगणनामा ९६ प्रतिशत मतगणना हुदा म्याक्रोनले २७.४१ प्रतिशत र ले पेनले २४.०३ प्रतिशत मत प्राप्त गरेका छन् । योसँगै अन्य प्रमुख उम्मेद्वारहरूले हार स्वीकार गरेका छन् ।
पछिल्ला पोलहरुले दोस्रो चरणमा कडा प्रतिष्पर्धा हुने र म्याक्रोनले ५१ प्रतिशत र ले पेनले ४९ प्रतिशत मत ल्याउने अनुमान गरेका छन् ।
यस अघि २०१७ को चुनावमा म्याक्रोनले ले पेनलाई ६६.१ मतका साथ हराएको भएपनि यस पटक भने कडा प्रतिष्पर्धा रहेको देखिएको छ ।