राजीनामा दिँदै इमरान नेतृत्वको पार्टी पिटीआईका सांसद, प्रधानमन्त्री चयनमा सहभागी नहुने

पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्ने तयारी भैरहेका बेला इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का सांसदहरुले राजीनामा दिने भएका छन् ।

इमरान खानले पिटीआईको संसदीय दलको बैठकमा सबै सांसदलाई राजीनामा दिन निर्देशन दिएका छन् । खानले निर्देशन दिएपनि कैयौं सांसदले भने प्रतिपक्षी दलहरुलाई मैदान खाली गरेर छोड्न नहुने बताएको उल्लेख गरिएको छ ।

इमरान खानले यो संसदमा भाग नलिने भन्दै आज हुने प्रधानमन्त्रीको निर्वाचन पनि बहिष्कार गर्ने बताएका छन् । यसैबीच केहि पिटीआई सांसदहरुले राजीनामा दिएको पत्र सामाजिक संजालमा सार्बजनिक गरेका छन् ।

इमरान नेतृत्वको पिटीआई पार्टीका नेशनल एसेम्बलीमा १५५ सांसद रहेका छन् ।