इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । सिटीको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीलाई लिभरपुलले बराबरीमा रोकेको हो ।
प्रतिष्पर्धात्मक खेलमा सिटीका लागि केभिन डी ब्रुने र गबरियल जिससले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि डिओगो जोटा र साडियो मानेले एक एक गोल गरेका थिए ।
प्रिमियर लिगको उपाधिका प्रमुख दाबेदार रहेका सिटी र लिभरपुलबीचको यो बराबरीले लिग थप रोमाञ्चक बनेको छ ।
यो बराबरीपछि म्यानचेस्टर सिटीको ३१ खेलमा ७४ अंक रहेको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ भने लिभरपुलको ३१ खेलमा ७३ अंक छ र लिगको दोस्रो स्थानमा रहेको छ ।