बेलायती प्रधानमन्त्री जोनसनले गरे जेलेन्सकीसँग वार्ता

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग राजधानी किभमा वार्ता गरेका छन् ।

बैठकपछि, युक्रेनलाई सहयोग गर्न बेलायतले एन्टी–सिप मिसाइल प्रणाली पठाउने बताएको छ ।

प्रधानमन्त्रीले युक्रेनी जनतासँग ऐक्यबद्धता प्रकट गर्न राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रूपमा भेट्न गएका हुन् । बैठक पछि जोनसनले राष्ट्रपति जेलेन्स्कीको दृढ नेतृत्व र युक्रेनी जनताको वीरता र साहसको प्रशंसा गर्दै ट्वीट गरेका छन् ।

वार्तापछि जेलेन्स्की र जोन्सन किभको सडकमा सँगै हिँडेर अवस्थाको अवलोकन पनि गरेका थिए।

सो भ्रमण युक्रेनी जनतासँग ‘एकताको प्रदर्शन’ भएको बेलायतको प्रधानमन्त्रीको कार्यलय डाउनिङ स्ट्रिटले जनाएको छ ।