अमेरिकामा भएको बन्दुक हमलामा एक जनाको मृत्यु भएको छ । न्युयोर्कमा भएको सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको न्यूयोर्ककी प्रहरी प्रमुख कीचान्त सेवेलले जानकारी दिईन ।
सेवेलले हिंसालाई “एकदमै दुःख लाग्दो गोली हानाहान, उज्ज्वल भविष्य भएकी युवतीको ज्यान लिएको गोली प्रहार” भनी वर्णन गरिन् ।
प्रहरीले विद्यार्थीहरू भएको विश्वास गरेका पीडितहरू साउथ ब्रोन्क्स हाई स्कूलबाट घर फर्कंदै गर्दा उनीहरुमाथी गोली प्रहार भएको भनिएको छ ।