युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट आफ्ना कूटनीतिक कार्य गर्दै आएको युरोपेली युनियनले पुनः राजधानी किभबाट कार्य गर्ने जनाएको छ ।
रुसले युक्रेनमा फेब्रुवरी २४ मा हमला गरेपछि केही पश्चिमा देशहरुले आफ्ना कूटनीतिक नियोग बन्द गरेर कर्मचारीलाई स्वदेश बोलाएका थिए । ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने विश्वास रहेको छ ।
यसैबीच, आक्रमणको ४४औँ दिन पुग्दा रुसले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।