नेपाली चलचित्र ए मेरो हजुर ४ र हिन्दी चलचित्र के जी एफ च्याप्टर २ नेपालमा एकैसाथ रिलिज हुने भएका छन् । बैशाख १ गते रिलिज हुने यी दुई चलचित्रको लोकप्रियता नेपालमा बढी छ ।
सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको ए मेरो हजुर ४मा अनमोल केसी र सुहाना थापा प्रमुख भुमिकामा रहेका छन् । त्यस्तै, प्रशान्त नीलद्वारा निर्देशीत भारतीय कन्नडा भाषाको एक्सन चलचित्र के जी एफ च्याप्टर २मा मुख्य भूमिकामा यशलाई देख्न सकिन्छ ।
साउथ फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली फिल्मलाई कठिन पर्ने अनुमान छ । तर, ए मेरो हजुर ४को प्रोमोसनका क्रममा चलचित्रको टोलीले आफ्नो फिल्मले दर्शकको मन जीत्ने दाबी गर्दै आएको छ । आफ्नो फिल्ममा स्टारडम भन्दा कथा र प्रस्तुती हेर्न दर्शक आउने भन्छिन् झरना थापा । एक्सन र ड्रामाको साथमा यशको प्रस्तुती, मदरासी फिल्म रुचाउने नेपाली दर्शकलाई हलसम्म तान्न अरु केहि चाहिदैन के जी इफ २लाई । नेपालमा के जी एफ २को पहिलो दिनका सबै टिकट अग्रिम बुकिङ्ग भईसकेको भनिन्छ ।
२ बर्ष कोरोनाका कारण बन्द भएका हल खुलेसँगै, हल गएर फिल्म हेर्न तत्पर छन् नेपाली दर्शक । नेपाली फिल्मलाई माया मारेका दर्शक फर्काउन सक्ला त ए मेरो हजुर ४ले?
ै