रूस-युक्रेन युद्धले विश्वव्यापी खाद्यान्नको मूल्य अहिले सम्मकै उच्च

युक्रेनमा रूसको युद्धले विश्वव्यापी खाद्यान्नको मूल्य अहिले सम्मको सबैभन्दा उच्च अवस्थामा पुगेको छ ।

संयुक्त राष्ट्र खाद्य तथा कृषि एजेन्सीले अप्रिल ८ मा बताएअनुसार मार्चमा खाद्य मूल्य सूचीमा खाद्य वस्तुको औसत मूल्य १५९.३ अंक थियो। यो अंक फेब्रुअरी देखि १२.६% ले वृद्धि भएको हो ।

यो मूल्य वृद्धि १९९० पछिको सबैभन्दा बढी भएको बताईएको छ ।