आइपिएलमा गुजरात टाइटन्सको लगातार तेस्रो जित

इण्डियन प्रिमियर लिग अन्तर्गत गुजरात टाइटन्सले पन्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले पन्जावलाई ६ विकेटले पराजित गरेको हो ।

पन्जावले दिएको १९० रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । गुजरातको जितमा शुभमन गीलले सर्वाधिक ९६ रन बनाए भने साई सुदर्शनले ३५, हार्दिक पाण्डेयाले २७ र राहुल तेबाटियाले १३ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पन्जावले २० ओभरमा ९ विकेट गुमाउदै १८९ रन बनाएको थियो ।

पन्जावका लागि लिआम लिभिंगस्टोनले ६४ रन बनाए भने शिखर धवनले ३५, जितेश शर्माले २३ र राहुल चहरले २२ रन बनाए । त्यस्तै गुजरातका बलर राशिद खानले ३ तथा दर्शन नलकानडेले २ विकेट लिएका थिए ।

यो जितपछि गुजरातले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ । अहिलेसम्मको खेलमा गुजरात अपराजित रहेको एक मात्र टिम हो । त्यस्तै पन्जावले भने ४ खेलमा दोस्रो हार बेहोरेको छ ।