काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

देशका विभिन्न सहरमा कार्यक्रम गरेपछि राप्रपाले आज काठमाडौंमा आमसभा गर्दै शक्ति प्रदर्शन गरेको हो  ।

स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीलगायत नेताहरू सहभागी भएका छन् ।

आमसभा सुरु हुनुअघि सो पार्टीका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालेका थिए । कार्यक्रममा नेता, कार्यकर्ताहरू झण्डा र पम्पलेटसहित उपस्थित भएका छन् ।