नेपाल बार एसोसियशनको अध्यक्षमा घिमिरे निर्वाचित (सुचनासहित)

नेपाल बार एसोसियशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

शुक्रबार दिउँसो आएको अन्तिम मत परिणाम अनुसार सत्तारुढ गठबन्धन निकट घिमिरेसहित प्यालन नै विजयी भएका हुन् । उनले नेकपा एमाले निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णु मणी अधिकारीलाई अध्यक्षमा पराजित गरेका हुन् ।

नयाँ नेतृत्वका लागि चैत १९ गते भएको निर्वाचनमा २५ सदस्यीय रहने बारको कार्यसमितिका लागि ७ हजार ४ सय २९ मत खसेको थियो ।