विश्वकपमा छनौट भएका देशहरुको चर्चा भइरहेका बेला विश्वका चर्चित क्लबबाट खेल्ने यी ३ चर्चित खेलाडीहरुले कतार विश्वकप गुमाएका छन् । उनीहरुका फ्यानहरुले आफ्नो मनपर्ने खेलाडीलाई कतार विश्वकपमा देख्न पाउने छैनन् ।
मोहम्मद सलाह-इजिप्ट
लिभरपुलका स्टार मोहम्मद सलाहलाई विश्वकपमा देख्न सकिने छैन । अफ्रिकी विश्वकप छनौटमा इजिप्ट छनौट हुन नसकेपछि विश्वकपमा मोहमद सलाह नदेखिने भएका हुन् । सेनेगलसँग अन्तिम चरणमा पेनाल्टी सुटआउटमा हार बेहोरेको इजिप्ट विश्वकपमा छनौट हुन असफल भएको हो ।
जर्जियो चिलिनी-इटाली
उत्तरी म्यासेडोनियासँग इटालीको १-० को हारपछि जर्जियो चिलिनी कतार विश्वकपमा नदेखिने भएका हुन् । अनुभवी सेन्टर ब्याक यस वर्षपछि ३८ वर्षका हुनेछन् । इटालीको युरो २०२० को जितमा निर्णायक भूमिका खेलेका चिलिनीको अब विश्वकपमा खेल्ने सम्भावना फेरी आउने छैन ।
मार्को भेराट्टी-इटाली
मार्को भेराट्टीलाई अहिले विश्वको सर्वश्रेष्ठ सेन्टर मिडफिल्डर मध्ये एक मानिन्छ । पिएसजीबाट खेल्ने भेराट्टी, इटाली विश्वकपमा छनौट नभएसँगै विश्वकपमा उनलाई नदेखिने भएको छ । २०२० को युरोकप इटालीलाई जिताउन भेराट्टीले उत्कृष्ट भूमिका निभाएका थिए ।
२१ नोभेम्बर २०२२ बाट शुरू भएर १८ डिसेम्बर सम्म चल्ने विश्वकप फुटबलको म्याच कतारले ६ वटा शहरको १२ वटा मैदानमा सञ्चालन गर्नेछ ।