उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्राको हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविता सुनुवारको शब हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो । घरबाट ट्युशन पढ्न निस्किएकी उनको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खोलामा फालेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको बताईएको छ ।
वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ ।