रुसले राजधानी केन्द्रित आक्रमण कम गरेपछि अहिले कीभ वरिपरीका क्षेत्रहरुबाट शव गाडिएका चिहानहरु भेटिएका छन् ।
युक्रेनी सेनाले जारी गरेको विवरण अनुसार राजधानी कीभ नजिकै एक स्थानीय नगरका मेयर र उनको परिवारसहित कम्तिमा २० नागरिकको शव रहेको सामुहिक चिहान फेला परेको छ । यसअघि ५७ जना सर्वसाधारणको शव भएको ४५ फिट अग्लो खाल्डो फेला परेको थियो ।
अहिलेसम्म कीभ आसपासका क्षेत्रमा ४ सय भन्दा बढीको शव भेटिएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।