बढ्दै बर्डफ्लू संक्रमण, उच्च सतर्कता अपनाउन अनुरोध

बर्डफ्लूको संक्रमण बढेसँगै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुलाई आग्रह गरेको हो । गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा देखिएको बताईएको छ ।

संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।