किराना व्यवसायी संघ चितवनको १०औं बार्षिक साधारणसभा एवं अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा हरिराज पौडेल चयन भएका छन् ।
आइतबार भएको अधिवेशनले हरिराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको छ । संघको प्रथम उपाध्यक्षमा पुष्पलाल श्रेष्ठ, द्धितीय उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महासचिवमा जीवन प्रसाद आचार्य, सचिवमा दिलीप डागा, कोषाध्यक्षमा थानेश्वर चालिसे चयन भएका छन् । यसैगरि सदस्यहरुमा उत्तम गुप्ता, कृष्ण अम्गाई, ज्ञानेन्द्र श्रेष्ठ, अर्जुन कुमार पौडेल, सुशील सापकोटा र कृष्णप्रसाद पौडेल चयन भएका छन् । साधारणसभामा प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरिएको थियो ।
१७५ वटा संस्था आवद्ध रहेको किराना व्यवसायी संघ, चितवनले व्यवसायीको हक हितको संरक्षणमा उल्लेखनिय भुमिका खेल्दै आएको छ ।