पशुपति क्षेत्र विकास कोषले नेपाल भारत मैत्री धर्मशाला लीजमा लिएर होटल चलाइरहेको बतास अर्गनाइजेसनसँगको सम्झौता रद्द गरेको छ ।
कोषले १ फाल्गुनको पत्रबाट ३५ दिनको म्याद दिई स्पष्टीकरण पेस गर्न सुचित गरेको थियो । तर, होटल आनन्दले तोकिएको समयावधिभित्र स्पष्टीकरण पेस नगरेको भन्दै १४ चैत्रमा बसेको कोषको बैठकले चैत्र १७ बाट लागु हुने गरी करार सम्झैता रद्द गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । बतास समूहले कोषको पत्र बुझ्न नमानेपछि पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना नै निकालेको हो ।
कोषले सम्झैता रद्दको जानकारी होटललाई ईमेल मार्फत पनि दिएको छ ।