पछिल्लो २४ घन्टामा ४० हजारले छाडे युक्रेन

युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् ।

राष्ट्रसंघका अनुसार पाँच सातामा मात्र ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेका छन् । देश छाड्नेहरूमध्ये ९० प्रतिशत महिला तथा बालबालिका छन् । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न पाएका छैनन् ।

राष्ट्रसंघले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टा मात्र ४० हजारले देश छाडेका छन् ।