१५ प्रतिशतसम्मले बढ्यो सार्वजनिक सवारीको भाडा

पेट्रोलियम पदार्थको मूल्य वृद्धि निरन्तर उकालो लागेपछि सरकारले सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।

हाल बढेको भाडादर अनुसार यात्रु बाहक सवारीसाधनमा १० प्रतिशत भाडा वृद्धि गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १३ प्रतिशतले र तराईको बाटोमा सञ्चलन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको छ ।

यातायात विभागले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा अथवा घटेमा बैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागु हुने जनाएको छ ।