अष्ट्रेलिया सातौँपटक एकदिवसीय महिला विश्वकपको विजेता

इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले सातौँपटक एकदिवसीय महिला विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाले अपराजित रहँदै सन् २०२२ को उपाधि जित्न सफल भएको हो ।

अष्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २८५ रनमा समेटियो । अष्ट्रेलियाकी अलाना किंग र जेस जेनसेनले सर्वाधिक तीन विकेट लिए । त्यसअघि न्युजिल्यान्डको क्राइस्ट चर्चमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३५६ रन बनाएको थियो ।

यसअघि अष्ट्रेलियाले सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ उपाधि जितेको थियो ।