चीनमा एकै दिन १३ हजारभन्दा बढी कोभिड संक्रमित, पहिलो लहरपछि अहिलेसम्मकै उच्च संक्रमण

चीनमा आइतबार एकै दिन १३ हजार १४६ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ ।

कोभिड महामारीको केन्द्रबिन्दु बनेको सांघाइमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।

संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।