रुसी सेनाको निसानामा पूर्वी र दक्षिणी युक्रेन

रुसी सेनाले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

रुसी सेनाले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिओपोललाई रक्षा गर्न सफल भएकोमा उनले युक्रेनी फौजको प्रशंसा गरेका छन् । मारिओपोल र अन्य युक्रेनी शहरहरूमा युक्रेनी प्रतिरोधले रुसी सैन्य क्षमतालाई कमजोर बनाउन मद्दत गरेको उनको भनाइ छ ।

यसै साताको सुरुमा रुसले राजधानी किभ वरपर सैन्य कारबाही घटाउने बताएको थियो ।