श्रीलंकामा आपतकाल घोषणा

श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ ।

आर्थिक संकटको विरोधमा राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि सरकारले आपतकाल घोषणा गरेको हो । सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राती कफ्र्यू लगाएको थियो ।

‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको राष्ट्रपति राजापाक्षेले एक घोषणामा भनेका छन् ।

२ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ भएको छ भने कागजको अभावमा परीक्षाहरु नै स्थगित गरिएका छन् ।