प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुईपक्षिय सम्बन्धका बिषयमा छलफल भएको छ ।

शनिबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री देउवा र समकक्षी मोदीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै दुईपक्षिय भेटवार्ताका क्रममा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढताका साथ अगाडि बढाउने समझदारी भएको छ ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक  विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।