भारत सरकारको आर्थिक सहयोगमा त्रि.वि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

विनासकारी भूकम्पबाट क्षति पुगेको किर्तिपुरस्थीत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास गरिएको छ ।

केन्द्रीय पुस्तकालयको नयाँ बन्ने अत्याधुनिक भवनको मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको पुस्तकालयको भवन भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो । कूल ३६ करोड ११ लाख ६६ हजारमा निर्माण हुन लागेको उक्त भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सैँ घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै इ–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रर्दशनी कक्ष आदिको व्यवस्था रहने बताइएको छ ।

पुस्तकालय भवन १५ महिनाभित्र निर्माण भईसक्ने योजना गरेको बिश्वबिद्यालयले जनाएको छ ।