तिमीहरु खुल्लमखुल्ला हिड्ने, हामी भित्रभित्रै पिल्सिने?

मुलुकमा महिला हिंसाको घटना बढ्दै गएको भन्दै श्रीमती संगठनले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

मोरङमा भएको १८ महिने बालिकाको बलात्कार र हत्या तथा अन्य महिला हिंसाको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले ‘तिमीहरु खुलमखुल्ला हिड्ने, हामी भित्रभित्रै पिल्सिने’, ‘बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाउ’ लगाएतका प्लकार्ड प्रदर्शन गरेका थिए ।

पछिल्लो समय बालबालिका तथा महिलाहरु असुरक्षित भएको र यस बिषयमा राज्यले ध्यान दिनुपर्ने भन्दै प्रदर्शन गरिएको संगठनले जनाएको छ ।