के हो एनआरएनका समस्याको समाधान ? विशेष समितिले तयार पारेको छ यस्तो प्रतिवेदन (पूर्णपाठसहित)

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका सम्बन्धमा देखिएका समस्याको समाधान सिफारिस गर्ने समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ । महाधिवेशनको विषयमा उत्पन्न समस्याका समाधान खोज्नका लागि गठित विशेषज्ञहरु रहेको एक स्वतन्त्र समितिले आफ्नो प्रतिवेदन तयार पारेको हो ।

प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको सात सदस्यीय उच्च स्तरीय समितिले प्रतिनिधि विवाद समाधान गर्न दुई जना कानूनी र एक जना विज्ञ रहेको कार्यदल गठन गरेको थियो । जस अन्तर्गत अधिवक्ता सज्जन बरसिंह थापा, अधिवक्ता मुकुन्द प्रसाद पौडेल र सूचना प्रविधि विज्ञ दिपेश प्रधान रहेको तीन सदस्यीय कार्यदलले आफ्नो २० पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ ।

सो कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्ष कुमार पन्तमार्फत उच्चस्तरीय समितिलाई बुझाइसकिएको छ । प्रतिवेदनमा समितिले संघभित्र देखिएका विभिन्न विषयलाई समेटेको छ जसमा ७ बुँदे निश्कर्ष तथा आफ्नो राय पनि उल्लेख गरिएको छ ।