एनआरएनए निर्वाचन बिथोल्ने प्रपञ्च बन्द गर!

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औँ महाधिवेशनका अध्यक्ष प्रत्यासी बद्री केसीले एनआरएनए निर्वाचन बिथोल्ने प्रपञ्च भइरहेको आरोप लगाएका छन् ।

निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारविहीन आरोप लगाई उम्मेदवारहरुको मनोबल गिराइएको, तयारी पूरा भइसकेतापनि विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिइएको आरोप केसीले लगाएका हुन् ।

आइतवार एक विज्ञप्ति जारी गर्दै केसीले निर्वाचनमा भएको ढिलाइले विश्वभरका ३६०० बढी गैरआवासीय नेपालीहरुको मतदान अधिकार खोसेको साथै समग्र एनआरएनएको छवि धमिलिँदै गएको बताएका छन् । घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलको समेत समयावधि सकिसकेकाले तत्काल आइसीसी कार्यसमितिको बैठक बोलाई थप निर्णय गर्न समेत आग्रह गरेका छन् ।
यसअघि गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको थियो । त्यस्तै, संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको पहिलो साता पनि सबै पक्षसँग घनीभूत छलफल गरी ७ बुँदे सहमति समेत जुटाइएको थियो ।

press-note-Badri-kc-2-6