सहिद सप्ताह अन्तर्गत बिहीबार सहिद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
सहिद माथेमालाई फाँसीमा झुण्ड्याइएको काठमाडौंको सिफलमा काठमाडौं महानगरपालिकाले माथेमाको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेको हो । १ सय ४ वर्षसम्म चलेको जहानियाँ राणाशासनविरोधी आन्दोलनमा सक्रिय माथेमालाई १९९७ साल माघ १३ गते सिफलमा रहेको बकैनाको रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो ।
सहिद माथेमा राणाशासनको विरुद्धमा केही युवाहरुको सहयोगमा सन् १९९३ मा नेपाल प्रजा परिषद् नामक संगठन स्थापना गरी राणशासनविरोधी आन्दोलनमा होमिएका थिए । यसअघि शहीद सप्ताहको पहिलो दिन सहिद शुक्रराज शास्त्रीप्रति उनलाई फाँसी दिइएको स्थान काठमाडौँको टेकुमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।