टेक्ससको डालस शहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र(एनसीएससी)ले विवाहयोग्य उमेर पुगेका नेपाली समुदायका व्यक्तिहरूलाई जोड्ने र एउटै संस्कार, संस्कृतिभित्र विवाह गराउने उदेश्यले ‘वरवधु मिलन कार्यक्रम’का नाममा नयाँ कार्यक्रम थालनी गरेको छ ।
विवाहयोग्य केटा र केटी पक्षलाका लागि सम्पर्क माध्यमका रूपमा यस कार्यक्रमको थालनी गरिएको एनसीएससीले एक विज्ञप्तिमार्फत् जनाएको हो ।
अमेरिकाको नेपाली समाजमा धेरै योग्य बरबधुहरु भएको जो आफ्नै समाज र संस्कृतिभित्र विवाह गर्न इच्छुक भएतापनि दुई पक्षबीच नेटवर्कको अभाव रहेकाले त्यसको परिपूर्तिका निमित्त ‘बर बधु मिलन’ कार्यक्रम ल्याइएको बताइएको छ ।
विभिन्न चर्च, मस्जिद, मन्दिर आदिले अमेरिकामा आफ्नो समुदायका सदस्यहरुको लागि यस प्रकारका कार्यक्रमहरु सञ्चालन गरेकाले पनि सो कार्यक्रमको सुरुवात गर्न हौसला मिलेको कार्यक्रम संयोजक डा मुरली अधिकारीले बताए ।
वैवाहिक जीवनको सुरुवात गर्नका लागि योग्य वर या वधुको खोजी गरिरहेका व्यक्तिहरूले आफ्नो सत्य विवरण यस केन्द्रको वेवसाइटमा राखिएको अनलाईन फारम आफूबाट वा अभिभावकका तर्फबाट भर्न सकिने छ । अनलाईन मार्फत भरेका विवरणहरु सबै गोप्य रहने संस्थाले जनाएको छ ।
थप जानकारीका लागि तल दिइएको सम्पर्क विवरणमा सम्पर्क गर्न सकिनेछ:
डा मुरली अधिकारी – संयोजक वरवधु मिलन कार्यक्रम (फोन नं ४६९४८७९०७०)
पं मेघराज निरौला – कार्यक्रम सहजकर्ता तथा गुरू (फोन नं ६८२३१३५३८००)
पशुपतिनाथ तथा बुद्ध मन्दिर (नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र)
अर्भिङ टेक्सस (फोन नं ९७२९८६७७७९)