फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एकैवर्षमा ३ पटकसम्म वृद्धि कसरी झेल्ने जनताले ?

कोरोना कहरका बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सर्वसाधारण थप मारमा परेका छन् ।

निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर अन्य वस्तुमा पनि देखिने भन्दै सर्वसाधारणहरु चिन्तित भएका छन् । काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि दैनिक जीवनयापनमा पनि यसको असर देखिने उपभोक्ताहरुको भनाइ छ । उनीहरुले निरन्तर हुने पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विकल्प खोज्नुपर्ने बताएका छन् ।

निगमले भने अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएकाले नेपालमा पनि वृद्धि गरिएको जनाएको छ । निगमले चालू आर्थिक वर्षमै ३ पटक मूल्यवृद्धि गरेको छ भने मूल्यवृद्धि पछि भने घाटा भने भइरहने जनाएको छ ।